२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको छ ।

अन्तरराष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उहाँ एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गर्नुभएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । रासस