३० असार २०८३, मंगलवार
,
Latest
मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन मन्त्रिपरिषद बैठक ४ बजे शुन्य समयः सञ्चार गृहमाथिको दबाबदेखि जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी बीमाको पहुँच र तथ्यांकमाथि सांसद केरुङको प्रश्नः ‘५१ प्रतिशतको तथ्यांक वास्तविक नहुन सक्छ’ सभामुखसँग रास्वपा सांसद सिंहको आग्रहः मुलुकलाई जोगाउन सबै दललाई एकजुट गराउन पहल गरियोस् सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग अभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्न तीन वटै तहबाट स्रोत व्यवस्थापन हुन्छः मन्त्री पौडेल हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न



अ+ अ-

म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताउनुभयो । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उहाँले बताउनुभयो ।