
काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी)को २०२३–२५ चक्रको फाइनल खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । खेल लन्डनको लर्ड्स क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दुबै टोलीले डब्लुटीसी २०२३–२५ चक्रको अंक तालिकामा शीर्ष–२ मा स्थान बनाए । दुबै टोली २ वर्षपछि पहिलो पटक टेस्टमा एकअर्कासँग आमनेसामने हुनेछन् । यसअघि २०२२–२३ डब्लुटीसी सिजनमा उनीहरू आमनेसामने भएका थिए ।
अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो । अर्कोतर्फ, दक्षिण अफ्रिका डब्लुटीसी फाइनल जित्ने तेस्रो टोली बन्न चाहन्छ। भारत पहिलो दुई फाइनलमा उपविजेता बनेको थियो । २०२१ मा न्युजिल्याण्ड र २०२३ मा अस्ट्रेलिया च्याम्पियन बन्यो ।
हेड टु हेडः
अस्ट्रेलिया र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच १९०२ मा खेलिएको थियो । अहिलेसम्म १२३ वर्षमा दुई टोलीबीच १०१ टेस्ट खेलिएको छ । यी म्याचहरूमध्ये अस्ट्रेलियाले ५४ जितेको छ भने दक्षिण अफ्रिकाले २६ खेल जितेको छ । २१ टेस्ट बराबरीमा सकिएको छ ।
टोलीका लागि सर्वाधिक विकेट लिनेमा कमिन्स
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले २०२३–२५ को विश्वकप चक्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए । कमिन्स यस अवधिमा टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
साथै, उनी २०२३–२५ चक्रमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराह ७७ विकेटका साथ पहिलो स्थानमा छन् । कमिन्सले ७३ विकेट लिएका छन् । यस अवधिमा टोलीका लागि ओपनर उस्मान ख्वाजाले सबैभन्दा धेरै रन (१४२२) बनाएका छन् ।
दक्षिण अफ्रिकाबाट सर्वाधिक रन बनाउनेमा बेडिङघम
डेभिड बेडिङघम डब्लुटीसी २०२३–२५ चक्रमा दक्षिण अफ्रिकाका लागि सबैभन्दा धेरै रन बनाएका छन् । उनले यस अवधिमा १२ खेलमा ६४५ रन बनाएका छन् । कप्तान टेम्बा बाभुमा दोस्रो नम्बरमा छन् । टोलीका स्टार फास्ट बलर कागिसो रबाडा शीर्ष बलर हुन् । उनले ४७ विकेट लिएका छन् ।
दुवै टोलीको प्लेइङ–११
अस्ट्रेलियाः प्याट कमिन्स (कप्तान), उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, क्यामरुन ग्रिन, स्टिभ स्मिथ, ट्राभिस हेड, एलेक्स केरी (विकेटकिपर), ब्यू वेबस्टर, मिचेल स्टार्क, जोश हेजलवुड र नाथन लियोन ।
दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), एडेन मार्कराम, रायन रिकेल्टन, वाइआन मुल्डर, ट्रिस्टन स्टब्स, काइल भेरियन (विकेटकिपर), डेभिड बेडिङहम, मार्को यानसेन, केशव महाराज, कागिसो रबाडा, लुंगी एनगिडी ।