२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा हिउँमा परेर २१ यात्रुको मृत्यु



अ+ अ-

इस्लामाबादः पाकिस्तानको उत्तरी भेगमा भएको भारी हिमपातमा परेर २१ यात्रुको ज्यान गएको छ । उत्तरी क्षेत्रका सडकमा हिमपात भएपछि त्यहाँ यात्रारत मानिसहरु सवारी साधनभित्रै थुनिएका थिए, र अधिकांशको चिसोले कठ्याँग्रिएर ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तान सरकारले सडकमा अलपत्र मानिसहरुको उद्धारका लागि सेना परिचालन गरेको छ । हिमपात भएको सडकमा अझै पनि सवारी साधनमा फँसेका मानिसहरु उद्धारको पर्खाईमा छन् ।

पाकिस्तानको गृह मन्त्री शेख रसिदका अनुसार अग्लो पहाडमा रहेको शहर मुरीको यात्रामा रहेका १००० भन्दा बढी सवारी साधन सडकमै उद्धारको प्रतीक्षामा छन् । मुरी शहर राजधानी इस्लामाबादबाट उत्तरतर्फको सुन्दर एवं रमणीय पर्यटकीय गन्तव्य पनि हो ।

यस शहरमा हिमपात भएको हेर्न मानिसहरु एक साताकै अवधिमा झण्डै एक लाख भन्दा बढी कारबाट मुरी प्रवेश गरेका थिए । एपी