१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा हिउँमा परेर २१ यात्रुको मृत्यु



अ+ अ-

इस्लामाबादः पाकिस्तानको उत्तरी भेगमा भएको भारी हिमपातमा परेर २१ यात्रुको ज्यान गएको छ । उत्तरी क्षेत्रका सडकमा हिमपात भएपछि त्यहाँ यात्रारत मानिसहरु सवारी साधनभित्रै थुनिएका थिए, र अधिकांशको चिसोले कठ्याँग्रिएर ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तान सरकारले सडकमा अलपत्र मानिसहरुको उद्धारका लागि सेना परिचालन गरेको छ । हिमपात भएको सडकमा अझै पनि सवारी साधनमा फँसेका मानिसहरु उद्धारको पर्खाईमा छन् ।

पाकिस्तानको गृह मन्त्री शेख रसिदका अनुसार अग्लो पहाडमा रहेको शहर मुरीको यात्रामा रहेका १००० भन्दा बढी सवारी साधन सडकमै उद्धारको प्रतीक्षामा छन् । मुरी शहर राजधानी इस्लामाबादबाट उत्तरतर्फको सुन्दर एवं रमणीय पर्यटकीय गन्तव्य पनि हो ।

यस शहरमा हिमपात भएको हेर्न मानिसहरु एक साताकै अवधिमा झण्डै एक लाख भन्दा बढी कारबाट मुरी प्रवेश गरेका थिए । एपी