३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत



अ+ अ-

तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताको क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । 

उनी यसअघि उपाध्यक्ष रहेका थिए । यसैबीच अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । जसअनुसार उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा, मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । यस्तै, सचिवमा विष्णुभक्त सिग्देल, राजेश्वर ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने उपसचिवमा प्रदीपरा अधिकारी, खिम कुमाल देवु विष्टको उम्मेदवारी परेको छ । 

आइतबार बिहान दाबीविरोध, उम्मेदवारी फिर्ताको समय तोकिएको छ । यदि, समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।