२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल लाओससँग पराजित



अ+ अ-

काठमाडौँ। एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ ।

न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो ।

लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।

खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ  मिनेटमा फाउल हाने । त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त ग¥यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे ।

त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता ग¥यो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दुई खेलको समाप्तिमा नेपालले अङ्कको खाता खोल्न सकेको छैन ।

यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए । जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए ।

नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।
रासस