५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपाल र गुलशनले टी–२०आई शृंखला गुमाउने



अ+ अ-

काठमाडौँ । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलामा सहभागिता जनाइरहेका सोमपाल कामी र गुलशन झाले चोटका कारण बाँकी खेलहरू गुमाउने भएका छन् ।

प्रशिक्षण सत्रका क्रममा उनीहरु घाइते भएपछि लिग २ मा अहिले जारी नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी२०आई शृंखला गुमाउने भएका हुन् ।

सोमपालको दायाँ हातमा र गुलशनको घुँडामा चोट लागेको नेपाल क्रिकेट (संघ)ले जनाएको छ ।

चिकित्सकको परामर्शअनुसार दुवै खेलाडी तत्काल उपचार तथा आराममा रहनेछन् । दुबै खेलाडीले हाल भइरहेको लिग २ मा नेपालका लागि राम्रो प्रदर्शन गरेका थिए ।

सोमपालले यसअघिको खेलमा ब्याटबाट शानदार ६७ रन बनाउँदै जितको नजिक पुर्‍याएपनि नेपाल २ रनले हार्न पुगेको थियो भने गुलशनले पहिलो खेलमा करण केसीसँग साझेदारी गर्दै नेपालको कीर्तिमानी जितमा महत्वपूर्ण प्रदर्शन गरेका थिए ।