५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा वैद्य, स्वास्थ्य अवस्था सुधारोन्मुख



अ+ अ-

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्छ ।

उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम बढेपछि उहाँ शिक्षण अस्पतालको आइसियुमा भर्ना हुनुभएको थियो ।

उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन स्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो । वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का महासचिव तथा संयोजक हुनुुहुन्छ ।

उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले बताएको छ ।