३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाका ‘टेन्डर’ आह्वान गरिने बताउनुभएको छ ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाको निर्माण गर्न एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर आह्वान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ आयोजनामध्ये, पहिलो चरणमा कम्तीमा ६ आयोजनाको तत्काल सुरुआत गर्ने गरी काम अघि बढाउँछौँ । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।”

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिकालगायत सरोकारवालाकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइने मन्त्री यादवले बताउनुभयो । छलफलमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ र ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।