४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा प्रतिदिन थपिँदै कोरोना संक्रमित, बुधबार थप १७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार शुक्रराज ट्रपिकल अस्पताल टेकु, धुलिखेल अस्पताल र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

उनका अनुसार शुक्रराज ट्रपिलक अस्पताल, टकुमा काठमाडौं दुई महिला र चार पुरुष गरी ६ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा भक्तपुरका एक जना पुरुष, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुरका एक महिला, काठमाडौंका तीन महिला र एक पुरुष गरी चार जना तथा ललितपुरका तीन महिला र दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।