१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एमाले जिल्ला अधिवेशन: सप्तरीमा चौधरी, मोरङमा पोखरेल

एमाले जिल्ला अधिवेशन: सप्तरीमा  चौधरी, मोरङमा पोखरेल
अ अ+ अ-

काठमाडौ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

तत्कालीन संविधानसभा सदस्य उहाँ नेकपा विभाजित भएपछि २०७८ वैशाख २२ गतेदेखि जिल्ला कमिटीका अध्यक्ष बन्नुभएको थयो । नवनिर्वाचित कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन हुनुभएको छ । 

यसैगरी सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, वीरबहादुर मर्र्साङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल, शोभानन्द राय, डम्बरप्रसाद महतो, सलिम राइन, महेन्द्रनारायण पासवान, दुर्गानन्द ठाकुर, विल्टु दास, अयुव राइन, प्रदीप मण्डल, उत्तम आचार्य, शिवनारायण साह, रामलगन सरदार, महेन्द्र विराजी, बिन्दु सदा, देवनारायण मरिक, पञ्चदेव खंग, इनरवती यादव, हरिशङ्कर इशर, डम्बर राई, राजेन्द्र सेन्चुरी, सन्तमान तामाङ, समु खातुन, ललितनारायण रजकलगायत रहनुभएको छ ।

 यसैगरी सल्लाहकारमा शङ्कर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो युनिस, चित्रकला मगर, रामवृक्ष महतो, भुवन केसी, शत्रुघनप्रसाद यादव, मागैन मण्डललगायत २३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । नवनिर्वाचित अध्यक्ष चौधरीले देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मोरङ जिल्ला अध्यक्षमा पोखरेल

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको शनिबार राति सम्पन्न दुईदिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय  पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ । रासस