१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

तीन महिनापछि ६७ विद्यालयमा आइसोलेसन

तीन महिनापछि ६७ विद्यालयमा आइसोलेसन
अ अ+ अ-

क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो । कोभिड–१९ को बिरामी बढी देखिएको प्रदेश ५ र कर्णाली प्रदेशका विद्यालयलाई आइसोलेसन बनाइएको हो । सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्यांक अनुसार प्रदेश–५ का ४९ र कर्णालीका १८ विद्यालयको कोठालाई आइसोलेसन निर्माण गरिएको हो । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले असार पहिलो सातादेखि विद्यालयमा आइसोलेसन राखिएको जानकारी दिए । विद्यालयमा क्वारेन्टाइन बनाउँदा व्यवस्थित नभएको व्यापक गुनासो आइरहेको अवस्थामा आइसोलेसन बनाउदा झनै समस्या हुने देखिएको छ । सरकारले विदेश र अर्को जिल्लाबाट आएकालाई क्वारेन्टाइन र कोरोना संक्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्था गरेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा हालसम्म दुईवटा प्रदेशका विद्यालयमा आइसोलेसन निर्माण गरिएको र अन्य प्रदेशका विद्यालयमा पनि आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको छ । सरकारले कोरोना संक्रमित देखिएकालाई राख्न आइसोलेसन निर्माण गरिएको हुन्छ । आइसोलेसन भएको स्थान नजिक अस्पताल वा स्वास्थ्य संस्था, अनिवार्य रुपमा स्वाथ्यकर्मी, हावा खेल्ने र पर्याप्त हावा आउने कोठा, स्नानघर र शौचालय, हात धुने र ब्रस गर्ने बेसिन, ज्वरो जाँच गरी रेकर्ड राख्ने सुविधा भएको स्थानलाई आइसोलेसनका रुपमा प्रयोग गर्न सकिन्छ । आइसोलेसनमा बसेका व्यक्तिमा श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा र अन्य कुनै जटिल अवस्था देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकलाई जानकारी गराउने र एम्बुलेन्सको माध्यमबाट अस्पताल पुर्याउने व्यवस्था भएको स्थानलाई आइसोलेसन बनाउन सकिने भएकाले विद्यालयमा आइसोलेसन राखिएको केन्द्रको भनाइ छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अस्पतालहरु भरिभराउ भएपछि उपयुक्त विद्यालयलाई प्रयोग गरिएको जानकारी दिनुभयो । ‘आइसोलेसन बनाउन उपयुक्त स्थान ठूला विद्यालय नै भएकाले विद्यालयमा आइसोलेसन राखिएको हो’, उनले भने– ‘अब हामी विद्यालयमा अक्सिजनको सुविधासहितको आइसोलेसन तयारी गर्ने चरणमा पुगेका छौं पर्याप्त कोठा, खेल मैदान व्यवस्थित शौचालय भएकाले विद्यालयलाई प्रयोग गर्न थालेका हौं ।’ सरकारले ठूला विद्यालय र सामाजिक संघसंस्था निर्माण गर्दा व्यवस्थित शौचालय र बाथरुम बनाउन जरुरी रहेको तर्क राख्दै उनले भने–‘बाहिरबाट आएर कोरोना देखिएकालाई राख्ने उपयुक्त स्थान विद्यालय नै हो ।’ उनले आइसोलेसनका रुपमा प्रयोग गरेका विद्यालयमा अनिवार्य रुपमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने गरेको बताए । ‘त्यति मात्र होइन एम्बुलेन्सको सुविधा भएको र नजिकै अस्पताल वा स्वास्थ्यकेन्द्र भएका क्षेत्रका विद्यालयमा आइसोलेसन बनाएका हौं’ –उनको भनाइ थियो ।

हिजोसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनो संक्रमितको संख्या झन्डै १४ हजार नजिक पुग्न थालेपछि सरकारले संक्रमित राख्न विकल्पका रुपमा विद्यालय भवन प्रयोग गर्ने तयारी गरेको छ । चैतदेखि झन्डै तीन महिनासम्म विद्यालयमा आइसोलेसन बनाइएको थिएन । असार १२ गतेदेखि आइसोलेसन बनाइएको हो । घरमै आइसोलेसन बनाउन सुझाएका सरकारले विद्यालयमा आइसोलेसन बनाउँदा थप व्यवस्थित हुने दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा गौतमले अब विद्यालयमा थप सुविधासहित आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए। पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभर झन्डै ४ हजार ५ सय ५० मावि तहको विद्यालयमा आइसोलेसन रहेका छन् । तीन सातामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय १३ पुगेको छ ।ठूला भवन र भौतिक संरचना भएका विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको देखिएको छ ।

तथ्यांकअनुसार प्रदेश १ मा २ सय २४, २ मा ४ सय ३८, वागमतीमा २ सय ३०, गण्डकीमा ३सय ८७, ५ मा ८ सय ८५, कर्णालीमा ५ सय ३३ र सुदूरपश्चिम १ हजार ८ सय २५ विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । केन्द्रका उपमहानिर्देशक श्रेष्ठले विद्यालयमा क्वारेन्टाइन राख्ने संख्या बढ्दै गएको बताए । दुई हप्ताको तथ्यांकअनुसार प्रत्येक प्रदेशमा हप्तामा दुई दर्जन विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्दै गएको छ । नेपाल समाचार दैनिक