१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौबिसे– नागढुंगा सडक सोमबारदेखि थप ५ दिन बन्द हुने



अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे– नागढुंगा सडक खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।

सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द हुने भएको हो ।

नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

यस अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।