५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ



अ+ अ-

काठमाडौँ ।हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको पनि बताउनुभएको छ ।

तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताउनु भयो । उहाँले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको बताउनु भयो । उहाँले हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हङकङमा थुप्रै पm्यासालिटीहरु छ । तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति पनि ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौँ । त्यसको लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौँ । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ । हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङको लागि गरेका छौँ । हाम्रो लागि पनि किन नगर्ने ? भन्ने आवाज उठाएको छु । आउँदो दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ । हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको छ । घरेलु कामदारमा हङकङमा धेरै डिमाण्ड छ ।’ 

हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारको लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।