२० श्रावण २०८३, बुधबार
,
Latest
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ



अ+ अ-

काठमाडौँ ।हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको पनि बताउनुभएको छ ।

तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताउनु भयो । उहाँले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको बताउनु भयो । उहाँले हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हङकङमा थुप्रै पm्यासालिटीहरु छ । तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति पनि ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौँ । त्यसको लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौँ । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ । हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङको लागि गरेका छौँ । हाम्रो लागि पनि किन नगर्ने ? भन्ने आवाज उठाएको छु । आउँदो दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ । हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको छ । घरेलु कामदारमा हङकङमा धेरै डिमाण्ड छ ।’ 

हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारको लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।