काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।
बैठक मध्यान्ह १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद् लगातार अवरोध हुँदै आएको छ । यसबारे छानबिनको लागि उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन गर्नुपर्ने विपक्षीहरुको माग छ ।










