१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

आयल निगमबाट पौडेल बिदा भए, नयाँ कार्यकारी निर्देशकका लागि विज्ञापन खुल्यो

आयल निगमबाट पौडेल बिदा भए, नयाँ कार्यकारी निर्देशकका लागि विज्ञापन खुल्यो
अ अ+ अ-

काठमाडौंः नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि सरकारले विज्ञापन प्रकाशन गरेको छ । तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको तीन वर्षे कार्यकाल सकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञापन गरेको हो ।

मन्त्रालयको कार्यकारी निर्देशकका लागि गठित छनौट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुलाएको हो ।

पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदा भएका थिए ।

निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

पूर्व कार्यकारी निर्देशक पौडेलको कार्यकालमा निगमले भौतिक पूर्वाधार निर्माण र निगमलाई अटोमेसनमा लैजान महत्वपूर्ण कार्य गर्नुका साथै नेपाल भारत तेल पाइपलाइनहरु संचालनमा आएका थिए भने केही पाइपलाइनहरु बिछ्याउन सम्झौता एवं विस्तृत परियोजना डिजाइनका कार्य भएका थिए ।

पौडेलको कार्यकालमा निगम केही समय नाफामा गए पनि हाल अन्तर्राष्ट्रिय जगतमै कच्चा तेलको मूल्यवृद्धि भएपछि निगम घाटामा गइरहेको र पटकपटक इन्धनको मूल्यवृद्धि भएको थियो ।