११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली
अ अ+ अ-

मोरङ। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्‍याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य भएको बताउनुभएको छ ।

मोरङ कटहरी गाउँपालिका-२ हल्दिबारमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सरोकार भएका निकायको सहयोगबिना निजी लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने काम प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीय सांसदका रूपमा अस्पताल सञ्चालक समितिका अध्यक्ष योगेन्द्र मण्डललाई चयन गरेकामा यहाँका जनतालाई धन्यवाद दिँदै सबै जनप्रतिनिधिले सांसद मण्डल जस्ते सृजनशील काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले आर्थिक अभाव भएकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने नीति लिएको छ, यो समाजका लागि उदाहरणीय कार्य हो ।”

प्रधानमन्त्री ओलीले रु दुई अर्ब लगानीमा बनेको दुई सय शय्याको यस अस्पतालाले रकमको अभावमा उपचार नपाएका बिरामीलाई फर्कन नदिने सङ्कल्प लिएकोप्रति सराहना गर्नुभयो । आगामी दिनमा अस्पतालले तीन सय शय्या  पुर्‍याउने र शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गर्नुभएको थियो ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष एवं सांसद मण्डलले समुदायमा रहेका गरिब जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याइएको वताउनुभयो । उहाँका अनुसार अस्पतालले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित उपचार प्रवाह गर्नेछ ।

अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञमार्फत आकस्मिक सेवा, बहिरङ्ग (ओपिडी) सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआइसियु, सिसियु, एचडिसियु, पिआइसियु, डिजिटल एक्सरे, भिडियो एक्सरे, दुरविनबाट सबै किसिमका शल्यक्रिया सेवा, बालरोगसम्बन्धी सेवा, डायलाइसिस तथा प्रयोगशाला सेवा, नाक, कान र घाँटी, आँखा जाँचलगायत सेवा प्रदान गर्नेछ ।

मण्डलका अनुसार अस्पतालमा अहिले विषेशज्ञ चिकित्सकसहित दुई सय जनशक्ति रहेका छन् । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन, अध्यापन सञ्चालनमा ल्याउने गरी सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । रासस