८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

फोटो पत्रकार वन्त म्युजिक खबर फोटो पत्रकारिता विधाबाट सम्मानित, विशिष्ट गीतकारको सम्मान यादव खरेललाई

फोटो पत्रकार वन्त म्युजिक खबर फोटो पत्रकारिता विधाबाट सम्मानित, विशिष्ट गीतकारको सम्मान यादव खरेललाई
अ+ अ-

काठमाडौँ । म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित हुनुभएको छ ।

फोटो पत्रकारिताका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका वन्त राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध हुनुहुन्छ । हाल उहाँ फोटो पत्रकारहरूको संस्था एनएपीजेका अध्यक्षसमेत हुुनुहुन्छ ।

कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिएको थियो । सयौँ गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले वनै खायो, यस्तो पनि हुँदो रैछ, नौ सय खोला तरेर जाने, उडुँ कि गुडुँ मलगायतका गीतहरू कालजयी छन् ।

उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्तलगायतको निर्माण तथा निर्देशन गर्नुभएको छभने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुनुहुन्छ । गीतकार खरेललाई रु ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको जानकारी कार्यक्रम संयोजक सविता पोखरेलले बताउनुभयो ।

यस वर्षको म्युजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिएको थियो भने यस्तै यस वर्षको म्युजिक खबर दशक सङ्गीत सम्मान गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई प्रदान गरिएको थियो ।

यस वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मीना लामालाई अर्पण गरिएकोे छ । त्यसैगरी यस वर्षको म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहले प्राप्त गर्नुभएको छ । उहाँहरू दुवै जनालाई रु पाँच हजार ५५५ नगद राशिसहित पुरस्कार प्रदान गरिएको थियो । नागरिक उडड्यन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पूजा देवकोटालाई दिइएको थियो । म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान गीतकार डा रमिल अधिकारीलाई प्रदान गरिएको छ । यस वर्ष सङ्गीत क्षेत्रमा व्यावसायिक रूपमा क्रियाशील विमल शाहले म्युजिक खबर सङ्गीत व्यवसायी सम्मान पाउनुभएको छ ।

अन्य विभिन्न विधागत गीत सङ्गीका गायक, गायिका, मोडल तथा सङ्गीतकर्मीहरूलाई विधागत अवार्ड पनि प्रदान गरीएको थियो । म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियले विगत १२ वर्षदेखि यस्तो कार्यक्रम गरिँदै आएको जानकारी दिनुभयो ।

सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायक, सङ्गीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दनालगायतको उपस्थिति थियो ।