९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली फर्किए लगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेर फर्किए लगत्तै  ‘प्रचण्ड’ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ । ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको नेताहरुले आशंका गरेका छन्।

जवाफमा ओलीले ‘दुई तीन दिन त केही हुन्न’ भनेको नेकपा उच्च स्रोत बतायो।