२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशव्यापी सेवा बिस्तार गर्ने योजना सार्वजनिक

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशव्यापी सेवा बिस्तार गर्ने योजना सार्वजनिक
अ अ+ अ-

काठमाडौं । नेशनल बाथरोग सेन्टर १२औँ बर्षमा प्रवेश गरेको छ । १२ औ बार्षिक उत्सबमा अबसरमा आयोजित कार्यक्रममा सेन्टरले सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त जनाएको छ ।

वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेपालीमा भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्न सुझाब दिनुभयो । उहाँले सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गर्नुभयो ।

समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रबन्ध निर्देशक कक्षपतिका अनुसार बाथरोगको पहिचान गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उद्देश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।

वार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

सेन्टरका अनुसार हालसम्म करिब ५ लाख बिरामीले सेवा लिइसकेका छन्। सेन्टरमा ले बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली सुधार उपाए सुझाब तथा सेवा दिदै आएको छ ।

सेन्टरका अनुसार विगत दुई वर्षदेखि भारतको लेडी हार्डवर्ड मेडिकल कलेज र मेदान्ता अस्पतालसँगको सहकार्यमा पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन भइरहेको छ ।

सेन्टरका अनुसार यस वर्ष डा मनिषा भोछिभोया तथा डा आदिप अरुण श्रेष्ठले यो फेलोसिप सफलतापूर्वक पूरा गरेका छन् ।

 

नेशनल बाथरोग सेन्टरले सन् २०१३ मै नेपालमा पहिलोपटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गरेको थियो । हाल संस्थाले नेल फोल्ड क्यापिलेरोस्कोपी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र थर्मोग्राफी जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ, जसले निदान प्रक्रियालाई अझ सहज बनाएको छ ।

सेन्टरले पहिलोपटक नेपालमै युर्मा भिजन सम्मेलन आयोजना गर्दै दक्षिण एशियामै आफ्नो प्रविधि र दक्षता प्रतिस्पर्धी बनाएको छ। यस्तै, बिरामीको उपचार निरन्तरता सुनिश्चित गर्न, सेन्टरले मोबाइल एप पनि प्रारम्भ गरेको छ, जसमार्फत बिरामीले चिकित्सकसँग तत्काल सम्पर्क गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।

हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जनाको सदस्य कार्यरत छ। सेन्टरले हालसम्म ८ शाखामार्फत सेवा दिइरहेको छ र यसै वर्ष धनगढी र सुर्खेतमा शाखा विस्तार गर्ने योजना अघि बढाइएको जनाएको छ