२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलह आक्रमणः मकैमा बढी क्षति, भारतबाट सलहका थप झुन्ड आउन सक्ने



अ+ अ-

काठमाडौँ । भारतबाट नेपाल भित्रिएको सलहको झुन्ड मकबालीमा केन्द्रित देखिएको छ । अर्घाखाँची, दाङ, मकवानपुरलगायत क्षेत्रको मकैमा यसले बढी क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । ‘अर्घाखाँची र दाङमै धानको ब्याडमा बसे पनि त्यति धेरै क्षति पुर्‍याएको छैन । मकैबालीमा भने क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेव हुमागाईंले भने, ‘कृषि ज्ञान केन्द्रमार्फत थप विवरण संकलन गरिरहेका छौं ।’

मकवानपुर, नुवाकोट र रोल्पामा पनि सलहले सामान्य क्षति पुर्‍याएको छ । त्यस क्षेत्रमा ज्ञान केन्द्रका कर्मचारीले विवरण संकलन गरिरहेको उनले बताए । बिहीबार सलह प्यूठान र दाङमा केन्द्रित देखिएको छ । केहीकेही झुन्ड रोल्पा/बागलुङतर्फ लागेका छन् । केही रोल्पा हुँदै पश्चिमतर्फ लागेका छन् ।

सलहका थप झुन्ड आउन सक्ने

वायुको प्रभावसँगै भारतबाट सलहका थप झुन्ड आउने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहका झुन्ड रहेको र एउटा झुन्ड कुशीनगरबाट चम्पारण जिल्लातर्फ उडेको केन्द्रको भनाइ छ । ती सलह दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने भारतीय अधिकारीहरूले अनुमान गरेको सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले जनाए । जल तथा मौसम विज्ञान विभागले हावा यतैतर्फ आउने संकेत गरेकाले थप झुन्ड नेपालमा भित्रिने डर भएको उनले बताए । कान्तिपुर दैनिक