१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलह आक्रमणः मकैमा बढी क्षति, भारतबाट सलहका थप झुन्ड आउन सक्ने



अ+ अ-

काठमाडौँ । भारतबाट नेपाल भित्रिएको सलहको झुन्ड मकबालीमा केन्द्रित देखिएको छ । अर्घाखाँची, दाङ, मकवानपुरलगायत क्षेत्रको मकैमा यसले बढी क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । ‘अर्घाखाँची र दाङमै धानको ब्याडमा बसे पनि त्यति धेरै क्षति पुर्‍याएको छैन । मकैबालीमा भने क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेव हुमागाईंले भने, ‘कृषि ज्ञान केन्द्रमार्फत थप विवरण संकलन गरिरहेका छौं ।’

मकवानपुर, नुवाकोट र रोल्पामा पनि सलहले सामान्य क्षति पुर्‍याएको छ । त्यस क्षेत्रमा ज्ञान केन्द्रका कर्मचारीले विवरण संकलन गरिरहेको उनले बताए । बिहीबार सलह प्यूठान र दाङमा केन्द्रित देखिएको छ । केहीकेही झुन्ड रोल्पा/बागलुङतर्फ लागेका छन् । केही रोल्पा हुँदै पश्चिमतर्फ लागेका छन् ।

सलहका थप झुन्ड आउन सक्ने

वायुको प्रभावसँगै भारतबाट सलहका थप झुन्ड आउने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहका झुन्ड रहेको र एउटा झुन्ड कुशीनगरबाट चम्पारण जिल्लातर्फ उडेको केन्द्रको भनाइ छ । ती सलह दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने भारतीय अधिकारीहरूले अनुमान गरेको सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले जनाए । जल तथा मौसम विज्ञान विभागले हावा यतैतर्फ आउने संकेत गरेकाले थप झुन्ड नेपालमा भित्रिने डर भएको उनले बताए । कान्तिपुर दैनिक