१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुन प्रतितोला रु ९१ हजार ६०० मा कारोबार



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० मा कारोबार भइरहेको छ । शुक्रबार पनि यही दरमा सुनचाँदीको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा आज आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ ।  

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।