काठमाडौँ । सुनचाँदी बजारमा आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० मा कारोबार भइरहेको छ । शुक्रबार पनि यही दरमा सुनचाँदीको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा आज आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।