८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

त्रितालको प्रश्न: सचिवले दवावमा परें भनेर कानून विपरीत काम गर्न मिल्छ ?

त्रितालको प्रश्न: सचिवले दवावमा परें भनेर कानून विपरीत काम गर्न मिल्छ ?
अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले सचिवहरूले कानुनी सीमा नाघ्न नहुने बताउनु भएको छ ।

पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा र हदबन्दी छूट प्रकरणमा भूमि व्यवस्था मन्त्रालयका पूर्वसचिव छविलाल पन्तले आफूले ‘खपिनसक्नु दबाब’ का कारण उक्त जग्गा बिक्रीको फाइल मन्त्रिपरिषद्मा पेश गरेको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनुभएको खबर सार्बजनिक भएपछि त्रितालले यस्तो टिप्पणी गर्नुभएको हो ।

त्रितालले प्रधानमन्त्री, मुख्यसचिव, मन्त्री तथा मातहतका कर्मचारीबाट समेत तीव्र दबाब आए पनि सचिवहरूले कानुनी सीमा नाघ्न नहुने बताउनु भएको हो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

काभ्रेको पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार भएको भनी अख्तियारले मुद्धा दायर गरेका मध्ये भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिवले खपि नसक्नु दवावका कारणले फायल पेश गरेको हुँ भनेर बयान दिएको कुरा विभिन्न समाचार माध्यममा आएको छ ।

उहाँको भनाइलाई उदृत गर्दै समाचारहरुमा आए अनुसार उहाँलाई प्रधानमन्त्री मुख्य सचिव मन्त्री र आफु अन्तर्गतका कर्मचारी समेतले अत्यधिक दवाव दिएका थिए ।

थाहा छैन उहाँले सो जग्गा सम्बन्धमा फायलमा के लेख्नु भएको थियो । यदि सचिवले कानूनी प्रावधान उल्लेख गरेर सो काम गर्नु ठीक होइन भनेर लेख्नु भएको भए कुनै तहले पनि सो जग्गाबारे गलत निर्णय गर्न सक्ने थिएन । त्यस्तो लेख्ता लेख्तै पनि यदि माथिल्लो स्तरबाट जवर्जस्ति निर्णय भएको थियो भने सचिवलाई अभियोग लाग्ने थिएन ।

सचिव भनेको राजनीतिक व्यक्तिहरुले लाए अराएको काम गर्ने पदाधिकारी होइन । नीति र कानूनले निर्देश गरेको, आफ्नो क्षेत्राधिकारभित्र पर्ने र आम नागरिकको हितमा हुने विषयमा निर्णय गर्ने वा निर्णयका लागि पेश गर्ने अधिकारी हो सचिव । त्यस्तो निर्णय वा कार्य गर्दा आफ्नो पदीय मर्यादालाई ख्याल गर्नु पर्ने हुन्छ । कानून विपरीत काम नगर्नु र गर्न नदिनु सचिवको दायित्व हो ।

कानून विपरीत कुनै दवाव, प्रभाव र लोभमा नपरी कार्य गरेमा मात्र सचिवले आफ्नो पदीय मर्यादाको पालन गर्न सक्छ । कानून विपरीत हुने काम गर्न कसैले दवाव दिन्छ भने आदरपूर्वक अस्वीकार गर्न सक्नु पर्छ ।

निर्णय गर्नेहरुले विभिन्न तिगडम लगाउन सक्थे । सचिवलाई विदामा बस्न लगाएर निमित्तबाट फायल पेश गराउन पनि सक्थे । सरुवा नै गरेर अर्को सचिव ल्याएर पनि काम गराउन सक्थे । यो आम प्रचलन पनि हो प्रशासनयन्त्रमा । खराब काम गर्न नमान्दा सरकारले हदैसम्म गर्ने भनेको सरुवा न हो ।

त्यसैले कार्यरत कर्मचारी साथीहरुलाई यस्ता घटनाहरुलाई ध्यानमा राखेर काम गर्ने जटील चुनौती र अवसर छ ।