४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन एयरलाइन्सका पाइलट र एयर होस्टेजलाई कोरोना



अ+ अ-

लकडाउनका बेला तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालयन एयरलाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको खबर छ । प्राप्त जानकारीअनुसार हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयर होस्टेजलाई कोरोना संक्रमण भएको हो । आरडीटी परीक्षणमा नेगेटिभ आएका उनीहरूको पीसीआर जाँचमा पोजेटिभ आएको जनाइएको छ । संक्रमण पुष्टि भएपछि उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ । कोरोनाको उपचारका निम्ति सरकारले तोकेको अस्पतालमध्ये सो एक हो । पाइलटलाई संक्रमणलाई संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’ का क्रममा एयर होस्टेजलाई पनि संक्रमण भएको फेला परेको स्रोतको भनाइ छ ।

संक्रमण देखा परेसँगै हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयर होस्टेज तथा अन्य कर्मचारीलाई निगरानीमा राखिएको स्रोतले जनाएको छ । यता हिमालयन एयरलाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम पनि जारी रहेको बताइएको छ । ४० भन्दा बढी उडानबाट सयौंको संख्यामा यात्रु आएकाले सबैको विवरण अझै प्राप्त भइनसकेको स्रोतले जनायो ।

संक्रमित कर्मचारीको स्वास्थ्य स्थिति, सुरक्षा सतर्कता एवं कन्ट्रयाक ट्रेसिङलगायतका बारेमा जानकारी लिन हिमालय एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठसँग नेपाल समाचारपत्रले पटक–पटक प्रयास गरे पनि सम्र्पक हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएको हिमालयन एयरलाइन्सले सरकारी सदाशयताकै कारण राष्ट्रिय ध्वजावहाक विमान कम्पनी नेपाल वायुसेवा निगमले भन्दा बढी प्राथमितकता पाउँदै आएको छ । नेपाल समाचारपत्र दैनिक