१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

हिमालयन एयरलाइन्सका पाइलट र एयर होस्टेजलाई कोरोना

हिमालयन एयरलाइन्सका पाइलट र एयर होस्टेजलाई कोरोना
अ अ+ अ-

लकडाउनका बेला तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालयन एयरलाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको खबर छ । प्राप्त जानकारीअनुसार हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयर होस्टेजलाई कोरोना संक्रमण भएको हो । आरडीटी परीक्षणमा नेगेटिभ आएका उनीहरूको पीसीआर जाँचमा पोजेटिभ आएको जनाइएको छ । संक्रमण पुष्टि भएपछि उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ । कोरोनाको उपचारका निम्ति सरकारले तोकेको अस्पतालमध्ये सो एक हो । पाइलटलाई संक्रमणलाई संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’ का क्रममा एयर होस्टेजलाई पनि संक्रमण भएको फेला परेको स्रोतको भनाइ छ ।

संक्रमण देखा परेसँगै हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयर होस्टेज तथा अन्य कर्मचारीलाई निगरानीमा राखिएको स्रोतले जनाएको छ । यता हिमालयन एयरलाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम पनि जारी रहेको बताइएको छ । ४० भन्दा बढी उडानबाट सयौंको संख्यामा यात्रु आएकाले सबैको विवरण अझै प्राप्त भइनसकेको स्रोतले जनायो ।

संक्रमित कर्मचारीको स्वास्थ्य स्थिति, सुरक्षा सतर्कता एवं कन्ट्रयाक ट्रेसिङलगायतका बारेमा जानकारी लिन हिमालय एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठसँग नेपाल समाचारपत्रले पटक–पटक प्रयास गरे पनि सम्र्पक हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएको हिमालयन एयरलाइन्सले सरकारी सदाशयताकै कारण राष्ट्रिय ध्वजावहाक विमान कम्पनी नेपाल वायुसेवा निगमले भन्दा बढी प्राथमितकता पाउँदै आएको छ । नेपाल समाचारपत्र दैनिक