८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

फुईयाको फुरफुर

फुईयाको फुरफुर
अ+ अ-

फुईयाको फुरफुर -२४

नेपाली समाजमा सरस्वती पूजा र विश्वकर्म पूजामा बुनिया चिउरा अनिवार्य छ। सरस्वती पुजामा पनि बुनिया चिउरा, अनि विश्वकर्म पुजा पनि बुनिया चिउरा। उसले घोषणा गर्यो, सरस्वती पूजा र विश्वकर्म पूजामा मात्र होईन अन्य दिन पनि बुनिया चियुरा खाएर, बुनिया चिउरा अभियान चलाउने। नेपाली समाजमा सरस्वती पूजा र विश्वकर्म पूजामा बुनिया चिउरा दिँदा, एकपल्ट मात्र दिने चलन छ, उसले भन्यो, “बुनिया चिउरा एक पल्ट मात्र होइन थपि थपि खाने” अनि सरस्वती पूजामा स्कुलमा बुनीया चिउरा दिँदा भन्यो, “मलाई थपिदिनुन”। उसले जवाफ पायो, “प्रसाद एक पल्ट हुन्छ, बारम्बार हुँदैन”, उसले प्रसंग सँग प्रसङ्ग मिलाएर प्रश्न गर्यो, “त्यसो भए पूजा किन दिन दिनै गरिन्छ?” फुईयाको फुरफुर।

फुइयाको फुरफुर – २५

देशमा सबैलाई राजनीतिको चासो छ। घर बस्ने वृद्ध देखि वनमा बस्ने जोगी सम्मलाई। सबैलाई राजनीतिको स्वाद लिनु छ। उसले जुक्ति निकाल्यो, अनि सबैलाई भन्यो, राजनीति गर्दा सांगठनिक अभ्यास बाट सुरु गरौँ। संस्था दर्ता ऐन २०३४ र कम्पनी ऐन २०६३ बाट सांगठनिक अभ्यास थालौं। एउटा संगठन भयो, संगठनका सदस्य भए, अध्यक्षको नेतृत्व भयो, सचिवको कार्य प्रतिको जिम्मेवारी भयो, सदस्यहरूको राय एबम् सल्लाह भयो, बार्षिक साधारणसभा बाट बहस भयो, प्रतिवेदन बाट वैज्ञानिक पद्धति भयो, खर्च कसरी चलाउने भन्ने प्रश्न भयो, अनि एउटा सामाजिक दाइत्व भयो। उसले राम्रो पक्ष देखायो अनि बोल्यो, देशमा हरेक पेशा कर्मी की आफ्नो आफ्नै संगठन हुनु पर्दछ। सबैले बोले, यो त हाम्रो देशमा विद्यमान छ, प्रगति कसरी हुन्छ, उसले बोल्यो, “सबैलाई अध्यक्ष हुनु छ, त्यसैले”। फुइयाको फुरफुर

फुईयाको फुरफुर -२६

अधिकांश नेपाली विद्यार्थीको चिया पसलमा आउने गफ भनेको परीक्षाको बेलामा गीत लेखियो अनि पास भइयो। पास हुने विद्यार्थीलाई उसले हार्दिक बधाई तथा शुभकामना दियो, अनि फेल हुने विद्यार्थीलाई उसले शान्त्वना दियो। उसले त्यसपछि बोल्यो, परीक्षामा गीत लेख्ने विद्यार्थीलाई उसले त्यही गीतमा नाच्न लगाएर गीतकारको अटोग्राफ मागिदिने विचार गर्यो। त्यति हुँदा विद्यार्थीमा कलाको कम पनि नहुने, नृत्य पनि सिक्ने, अनि अटोग्राफ पनि पाइने। उसको कदम क्रान्तिकारी थियो तर समाजले मन पराएन। नेपाली समाजलाई सामाजिक अभियन्ता चाहिन्छ, उसले विद्यार्थीको लागि सोचेको गीत, नृत्य एबम् अटोग्राफकाे अभियान सफल हुन सकेन। उसले त्यसपछि भन्यो, अब विद्यार्थी फेल भएपछि विद्यार्थीले खाने आलु बाट श्रृजना हुने सुगर र डायबेटिज जस्ता नैतिक प्रश्न को जवाफमा शारीरिक व्यायाम थाल्ने। फुईयाको फुरफुर ।

फुईयाको फुरफुर – २७

शिक्षामा पढाउने गुरुको महत्वपूर्ण योगदान हुन्छ। तह अनुसार शिक्षक र प्राध्यापक नामले चिनिन्छन्। अब हेरौं शिक्षक र प्राध्यापक बिचको फरक। एक शिक्षकलाई महत्वपूर्ण जिम्मेवारी हुन्छ, आफ्ना विद्यार्थीलाई पढाएर उसलाई पाठ बुझाउने, जुन सानै तहका कक्षामा सिमित हुन्छन। हेर्दा साना तह देखिए पनि, पढाइप्रति रुचि, आस्था, एबम् बुझाइ प्रकिया बाट ज्ञान प्राप्त गरी, माथिल्लो कक्षा एबम् तह उक्लिदै जाने विद्यार्थीको लागि गन्तव्य देखाउने शिक्षक नै हुन। अब हेरौं प्राध्यापकलाई। प्राध्यापकहरू विश्वविद्यालय स्तरका शिक्षक हुन्, जसले आफ्नो विषयमा उच्च शिक्षा हासिल गरेर कुनै एक विधामा पारंगत बनेका हुन्छन्। अब फरक के त? नेपालमा मात्र होइन सायद संसार भर यही देखिएला। शिक्षक पढाउन थालेको एक दुई वर्ष पश्चात निष्क्रिय रूपमा दिन्छन जबकि प्राध्यापकहरू पढाउन थालेपछि अझै खरिँदै जान्छन्। यो आवश्यक पनि छ। नेपाली विज्ञानको भाषामा भन्दा, “सबै अल्काली बेस हुन, तर सबै बेस अल्कली होइनन्” । पढाउन र बुझाउने कुरा मा दुवै गुरु वर्ग नै हुन। राज्यले आधार कक्षा पढाउने शिक्षाक लाई महत्व दियो तर प्राध्यापकलाई दिएन। फुईयाको फुरफुर ।