१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘नेपाली खानालाई विश्वमा चिनाउँ’

‘नेपाली खानालाई विश्वमा चिनाउँ’
अ अ+ अ-

काठमाडौ । नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ । सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभयो । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवद्र्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरु राख्नुपर्ने दबाब दिने उहाँको भनाइ थियो । 

 विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दाबढीलाई होटल तालिम प्रदान गरिसकिएको बताउनुभयो ।

एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ । कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जीतबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिएसन लाग्नुपर्नेमा जोड दिनुभयो । 

एशोसिएसनको तथ्याङ्कअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

एशोसिएसनको अध्यक्षमा लामा

एशोसिएसनको भर्खरै सम्पन्न नवौँ अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

दुईवर्षे कार्यकाल रहेको एशोसिएसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा श्रीकृष्ण गजुरेल, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा रामकृष्ण थापा निर्वाचित हुनुभएको छ ।

 यस्तै सदस्यमा सुवर्णमान कर्माचार्य, विनोद तामाङ, राजकुमार लामा, सुनिल तामाङ, रामचन्द्र धरेल, दिपक ढुङ्गाना, प्रेम थापा, बद्री खड्का, उमेश भुवाई र रमेश श्रेष्ठ हुनुभएको छ ।
कार्यक्रममा नेपाली सेफको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्था र एशोसिएसनका पूर्वध्यक्षहरुलाई सम्मान गरिएको थियो । रासस