२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

‘नेपाली खानालाई विश्वमा चिनाउँ’

‘नेपाली खानालाई विश्वमा चिनाउँ’
अ अ+ अ-

काठमाडौ । नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ । सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभयो । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवद्र्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरु राख्नुपर्ने दबाब दिने उहाँको भनाइ थियो । 

 विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दाबढीलाई होटल तालिम प्रदान गरिसकिएको बताउनुभयो ।

एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ । कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जीतबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिएसन लाग्नुपर्नेमा जोड दिनुभयो । 

एशोसिएसनको तथ्याङ्कअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

एशोसिएसनको अध्यक्षमा लामा

एशोसिएसनको भर्खरै सम्पन्न नवौँ अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

दुईवर्षे कार्यकाल रहेको एशोसिएसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा श्रीकृष्ण गजुरेल, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा रामकृष्ण थापा निर्वाचित हुनुभएको छ ।

 यस्तै सदस्यमा सुवर्णमान कर्माचार्य, विनोद तामाङ, राजकुमार लामा, सुनिल तामाङ, रामचन्द्र धरेल, दिपक ढुङ्गाना, प्रेम थापा, बद्री खड्का, उमेश भुवाई र रमेश श्रेष्ठ हुनुभएको छ ।
कार्यक्रममा नेपाली सेफको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्था र एशोसिएसनका पूर्वध्यक्षहरुलाई सम्मान गरिएको थियो । रासस