२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु



A Palestinian man walks on the rubble of the Al-Zainati family’s home, destroyed by Israeli airstrikes in Khan Younis, Gaza Strip, on Thursday, May 15, 2025. (AP Photo/Abdel Kareem Hana)
अ+ अ-

एजेन्सी । गाजामा भएको इजरायली आक्रमणले बिहीबार प्यालेस्टिनी क्षेत्रमा कम्तीमा १० जनाको ज्यान लिएको तथा सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो, “बिहानदेखि इजरायली आक्रमणबाट अहिलेसम्म १० जना शहीद भएका छन् ।” आक्रमणहरूले दक्षिणी सहर खान युनिस र गाजा सहर र मध्य सहर देइर अल–बालाहका घरहरूमा विस्थापित नागरिकहरूले शरण लिइरहेका क्षेत्रलाई लक्षित गरेका थिए ।

इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन । हमासलाई पराजित गर्ने प्रयास स्वरुप इजरायलले पछिल्लो समयमा गाजामा आक्रमण अझ तीव्र बनाएको छ ।