३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अब त खुल्नुपर्ने होः सभापति देउवा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताउनुभएको छ ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताउनुभएको हो । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सभापति देउवाले काँग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताउनु भयो । उहाँले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताउनु भयो । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘काँग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुशी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ? कतिपय कुराहरुमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गर्नुभयो ।