१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पश्चिम नेपालको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण र मनसुनजन्य विपद् न्युनिकरणका लागि बजेट अपर्याप्त

पश्चिम नेपालको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण र मनसुनजन्य विपद् न्युनिकरणका लागि बजेट अपर्याप्त
अ अ+ अ-

काठमाडौँ । पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुर्ननिर्माणदेखि मनसुनजन्य विपद् न्युनिकरणका लागि आगामी वर्षका लागि सरकारले छुट्याएको बजेट अपर्याप्त हुने सरकारी अधिकारीहरुले बताएका छन् ।

आगामी वर्षको बजेटमा पूर्वतयारीदेखि पुनःनिर्माण, पुनःस्थापनाका लागि बजेटमा १८ अर्ब ५० करोड मात्रै राखेको छ । यो बजेट पर्याप्त नरहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट भूकम्पको पुनःनिर्माण र मनसुनजन्य विपद् २०८१/८२–८३/८४ सम्मको  त्रिवर्षीय योजनाले नै कम्तीमा १ खर्ब बजेट चहिने बताइसकेको बताउँदै अहिले सरकारले छुट्याएको १८ खर्ब ५० करोड बजेट अपर्याप्त रहेको बताउनु भयो ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले कुराकानीमा भन्नुभयो– ‘विपद् न्युनिकरणका लागि छुट्याइएको बजेट अपर्याप्त छ । जाजरकोट भूकम्पको पुनःनिर्माण र मनसुनजन्य विपद् २०८१/८२–८३/८४ सम्मको  त्रिवर्षीय योजनाले नै कम्तीमा १ खर्ब बजेट चहिने बताइसकेको छ । पूर्वतयारीदेखि पुनःनिर्माण, पुनःरस्थापनाका लागि आगामी वर्ष १८ अर्ब ५० करोड राखिएको छ । यसबाट पश्चिम नेपालमा भूकम्पबाट पु¥याएको निजी आवास, भवन, मनसुनजन्य विपद्बाट क्षतीको डीडीएको काम भइरहेको छ । त्यसको पुनर्निर्माण गर्नुपर्नेछ । पूर्वतयारी गर्न बजेट पु¥याउनै कठिन छ । राहात पुनःस्थापना सहित विपद्का लागि सरकारले छुटाएको रकम एकदमै कम हो ।’

उहाँका अनुसार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सिमित स्रोतको दायरामा बसेर काम गर्नुपरिरहेको छ ।

सरकारले दिने बजेट बाहेक त्यस्ता विपद्मा प्राधिकरणले सरकारी कोषहरुको समेत परिचालन गर्दै आएको छ ।  सरकारी कोषको रकम खोज उद्धार, राहातमा परिचालन गरिन्छ । अहिले केन्द्र, प्रदेश तथा जिल्ला तहमा रहेका विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड रकम मौज्दात छ । केन्द्रिय विपद् कोषमा १ अर्ब २७ करोड रकम मौज्दात रहेको छ । यो रकम घटबढ भइरहेको हुन्छ । कम्तिमा ५० करोड कोषमा हुनुपर्ने व्यवस्था छ । ५० करोड कम हुन लागेपनि अर्थमन्त्रालयसँग बजेट मागेर कोषमा राख्ने गरिएको छ ।

मागका आधारमा जिल्ला विपद् कोषलाई विपद्का बेला प्राधिकरणले रकम छुट्याउने गरेको छ । त्यसो त, विपद्मा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, प्रदेश विपद् व्यवस्थापन कोष समेत परिचालन गर्ने गरिएको छ ।

अहिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष १ अर्ब ८९ करोड रुपैयाँ छ भने प्रदेश विपद् व्यवस्थापन कोष ७९ करोड  छ । सरकारले वार्षिक बजेटमा उद्धार, राहात, खोजका लागि बजेटमा रकम नछुट्याउने भएकाले यिनै कोषका रकम परिचालन गर्ने गरिएको प्राधिकरणका प्रवक्ता केसीले बताउनु भयो । उहाँकाअनुसार विपद्मा हेलिकप्टरदेखि यान्त्रहरु चलाउनुपरे यही कोषबाट खर्च गर्नुपर्ने हुन्छ ।