५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिन्नास्वामी क्रिकेट रंगशाला बाहिर भागदौड हुँदा ११ जनाको मृत्यु, ५० जना घाइते



अ+ अ-

एजेन्सी । दक्षिणी भारतीय शहर बेंगलुरुको क्रिकेट रंगशाला बाहिर बुधवार भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को पहिलो इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेको खुशीयाली मनाउन हजारौं क्रिकेट प्रशंसकहरू शहरको एम चिन्नास्वामी रंगशाला बाहिर भागदौड मच्चिएको थियो ।

घाइतेहरूलाई बोरिङ र लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा भर्ना गरिएको छ । सात जनाको बोरिङ अस्पतालमा चोटका कारण मृत्यु भयो भने अन्य चार जनाले वैदेही अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार राति अहमदाबादमा भएको आईपीएल फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आरसीबीले १८ वर्षपछि पहिलो आईपीएल उपाधि जितेको थियो । जसले गर्दा आफ्ना क्रिकेट स्टारहरू हेर्न रंगशाला र वरपर भीड जम्मा भएको थियो । कर्नाटक राज्य क्रिकेट संघले आरसीबी खेलाडीहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वैध टिकट र पास भएका व्यक्तिहरूको मात्र सहभागिता थियो । तर फ्यानहरू आफ्नो टोलीका क्रिकेटरहरु हेर्न कार्यक्रमस्थलमा भीड लागेका थिए ।

रिपोर्टहरूले बताएअनुसार स्टेडियमको गेट नम्बर ३, १० र २१ मा भागदौड मच्चिएको हो ।