• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

भारतमा एकैदिन एक लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित



नयाँदिल्लीः भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् ।

हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पाँच लाख ९० हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस