४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका अध्यक्ष ढकाल र आइएमएफ-आईसीआईएफ नेपाल मिसन प्रमुख बीच भेटवार्ता, नेपालको अर्थतन्त्रबारे छलफल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच महासंघ सचिवालय टेकु, काठमाडौंमा भेटवार्ता भएके छ ।

महासंघ सचिवालय टेकु, काठमाडौंमा भएको यो भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताउनु भयो । उहाँले बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिनु भयो ।

“हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छ । ” ढकालले भन्नुभयो । यद्यपि, उहाँले पर्यटन क्षेत्र र जलविद्युत् विकासमा थप प्राथमिकता आवश्यक रहेको र यस विषयमा सरकारलाई सुझाव दिएको समेत जिज्ञाशा राख्नुभएको थियो ।

अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसंग पैरवी गर्दै आइरहेको धारणा राख्नु भयो ।

भेटवार्ताका अवसरमा डा. सरावत जहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिनुभएको थियो ।

साथै उहाँले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसंग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिनुभयो ।