२९ असार २०८३, सोमबार
,
Latest
सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध बौलाहा खोलामा मोटरेबल पुल निर्माण शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण ठमेलमा ‘मोलमोलाइ’ गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका अध्यक्ष ढकाल र आइएमएफ-आईसीआईएफ नेपाल मिसन प्रमुख बीच भेटवार्ता, नेपालको अर्थतन्त्रबारे छलफल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच महासंघ सचिवालय टेकु, काठमाडौंमा भेटवार्ता भएके छ ।

महासंघ सचिवालय टेकु, काठमाडौंमा भएको यो भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताउनु भयो । उहाँले बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिनु भयो ।

“हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छ । ” ढकालले भन्नुभयो । यद्यपि, उहाँले पर्यटन क्षेत्र र जलविद्युत् विकासमा थप प्राथमिकता आवश्यक रहेको र यस विषयमा सरकारलाई सुझाव दिएको समेत जिज्ञाशा राख्नुभएको थियो ।

अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसंग पैरवी गर्दै आइरहेको धारणा राख्नु भयो ।

भेटवार्ताका अवसरमा डा. सरावत जहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिनुभएको थियो ।

साथै उहाँले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसंग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिनुभयो ।