३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन



अ+ अ-

काठमाडौँ:  प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको सालिकमा माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आज आयोजित २६८औँ स्मृति दिवसमा स्थानीय जनप्रतिनिधिलगायतले सालिकमा श्रद्धासुमनसहित पुष्पअर्पण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पार्नुभएको थियो । काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गर्नुभएको थियो ।रासस