३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन



अ+ अ-

काठमाडौँ:  प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको सालिकमा माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आज आयोजित २६८औँ स्मृति दिवसमा स्थानीय जनप्रतिनिधिलगायतले सालिकमा श्रद्धासुमनसहित पुष्पअर्पण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पार्नुभएको थियो । काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गर्नुभएको थियो ।रासस