१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गुल्मीको अध्यक्षमा काउछा सर्वसम्मत



अ+ अ-

गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा काउछासहित उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली, उपसचिवमा धर्म विक र सावित्रा आचार्य निर्वाचित भएका हुन् ।

१ सय ५ सदस्यीय नवनिर्वाचित जिल्ला कमिटीलाई आइतबार बिहान एमाले उपमहासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्ट र केन्द्रीय सदस्यहरू दिनेश पन्थी, मैना भण्डारी र जंग नेपालीले शपथ ग्रहण गराएका छन् ।