१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गुल्मीको अध्यक्षमा काउछा सर्वसम्मत



अ+ अ-

गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा काउछासहित उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली, उपसचिवमा धर्म विक र सावित्रा आचार्य निर्वाचित भएका हुन् ।

१ सय ५ सदस्यीय नवनिर्वाचित जिल्ला कमिटीलाई आइतबार बिहान एमाले उपमहासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्ट र केन्द्रीय सदस्यहरू दिनेश पन्थी, मैना भण्डारी र जंग नेपालीले शपथ ग्रहण गराएका छन् ।