६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अगाडि बढ्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ थापाले सुरुङ मार्ग निर्माण गर्न सडक विभागको समन्वयमा भारतबाट विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाबाट अनुमतिको काम अगाडि बढ्ने स्पष्ट पारे ।

विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति नपाउँदा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ खरिद गर्न गएको असोजदेखि सहमति माग गरेको थियो । सेनाबाट विस्फोटक पदार्थ खरिदको सहमतिसँगै सुरुङ मार्ग निर्माण कार्य अब बिना अवरोध अगाडि बढ्ने सडक विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित  छ ।