एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज हाल ‘ठग’ सुकेश चन्द्रशेखर केसलाई लिएर तनावमा रहेकी छिन् ।
ज्याकलिनले सुकेश चन्द्रशेखरलाई डेट गरिरहेको खबर बाहिर आएको थियो ।
सुकेशले ज्याकलिनलाई लाखौं–करोडौंको उपहार दिएका थिए । यतिमात्र नभई सुकेशसँगको थुप्रै रोमान्टिक तस्बिर पनि बाहिर आएको छ ।
यसैबीच, फेरि एकपटक ज्याकलिनलाई तनाव आइलागेको छ । उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
जसमा सुकेशले ज्याकलिनको नाकमा ‘चुम्बन’ गरेका छन् । तस्बिरमा ज्याकलिन मुस्कुराइरहेकी छन् ।
यस्तै, ज्याकलिनको घाँटीमा एक निलो निशाना पनि रहेको छ, जसलाई ‘युजर्स’ले ‘लव बाइट’ बताइरहेका छन् ।
ज्याकलिनले भने तस्बिर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् ।
उनले भनेकी छन्, ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ, मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’
सुकेश चन्द्रशेखरमाथि सवा दुई सय करोड रुपैयाको मनी लन्ड्रिङ्गको आरोप लागेको छ । सुकेशले त्यस कमाईबाट २५–३० करोड ज्याकलिनलाई खर्च गरेको पनि बाहिर चर्चा भएको छ ।
ज्याकलिनले आफ्नो बयानमा आफू पीडित रहेको बताएपनि बाहिर आएका यी तस्बिरले भने सुकेशसँगको उनको सम्बन्धलाई प्रस्ट पारेको छ ।