१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनावमा ज्याकलिनः चन्द्रशेखरसँगको गोप्य तस्बिर बाहिरियो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज हाल ‘ठग’ सुकेश चन्द्रशेखर केसलाई लिएर तनावमा रहेकी छिन् । 

ज्याकलिनले सुकेश चन्द्रशेखरलाई डेट गरिरहेको खबर बाहिर आएको थियो । 

सुकेशले ज्याकलिनलाई लाखौं–करोडौंको उपहार दिएका थिए । यतिमात्र नभई सुकेशसँगको थुप्रै रोमान्टिक तस्बिर पनि बाहिर आएको छ । 

यसैबीच, फेरि एकपटक ज्याकलिनलाई तनाव आइलागेको छ । उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । 

जसमा सुकेशले ज्याकलिनको नाकमा ‘चुम्बन’ गरेका छन् । तस्बिरमा ज्याकलिन मुस्कुराइरहेकी छन् । 

यस्तै, ज्याकलिनको घाँटीमा एक निलो निशाना पनि रहेको छ, जसलाई ‘युजर्स’ले ‘लव बाइट’ बताइरहेका छन् । 

ज्याकलिनले भने तस्बिर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् ।

उनले भनेकी छन्, ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ, मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’ 

सुकेश चन्द्रशेखरमाथि सवा दुई सय करोड रुपैयाको मनी लन्ड्रिङ्गको आरोप लागेको छ । सुकेशले त्यस कमाईबाट २५–३० करोड ज्याकलिनलाई खर्च गरेको पनि बाहिर चर्चा भएको छ । 

ज्याकलिनले आफ्नो बयानमा आफू पीडित रहेको बताएपनि बाहिर आएका यी तस्बिरले भने सुकेशसँगको उनको सम्बन्धलाई प्रस्ट पारेको छ ।