२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चल्न थाले सार्वजनिक यातायात



अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् ।

जेठ १९ गतेदेखि राइड शेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । तर सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु भएको हो ।

मंगलवार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको सहमतिलाई गण्डकी प्रदेशले समर्थन गरेपछि सार्वजनिक यातायात चल्न थालेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ ।

यससँगै काठमाडौं उपत्यका र बाहिरका छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । नयाँ बसपार्कलगायतका स्थानमा यात्रुको चहलपहल बढेको छ ।