२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति



अ+ अ-

भोजपुर । जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो ।

भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ ।

“देउराली–भङ्गेरी–पालुवा–सडकखण्डको स्तरोन्नति गरेका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो । यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन पुग्नसक्ने बनाइएको छ ।