२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोर्नुभएको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाउनुुभएका प्रशंसा गर्नुभयो । नेपाल सम्पदा सङ्घको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ ।