१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि

एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि
अ अ+ अ-

काठमाडौ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ । 

गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक  ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो । पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यसरी पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो साता ४.२७ अंकले बढेको नेप्से परिसुचक यो साता १६७.९७ अंक माथि पुगेको हो। पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रुपमा वृद्धि भएको छ ।

साताको पहिलो शेयर कारोबारको दिन आइतबार नेप्से ६०.४१ अंकले वृद्धि भएर २ हजार ५८५.९१ विन्दुमा पुगेको थियो ।  आइतबार नेप्से परिसूचकसँगै ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेका थिए । आइतबार ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबार पनि नेप्से परिसुचक उकालो लागेको थियो। जुन दिन ३२.०३ अंक बढेर २ हजार ६१६.९४ विन्दुमा पुगेको थियो ।  सोमबार कारोबारमा आएका २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार भएको थियो ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दुमा पुगेको थियो । त्यस्तै उक्त दिन पनि ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत ३.२५ अंक, फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबारको  तुलनामा मंगलबारको कारोबार रकम भने घटेको थियो ।

सातको चौथो दिन भने तीन दिन लगातार रुपमा उच्च अंक बढेको शेयर बजार मापक नेप्से परिसूचक बे्रक लागेको थियो ।  तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दु माथि पुगेको नेप्से परिसूचक उक्र दिन ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार बढेको थियो ।

साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ । बिहिबार नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ । बिहिबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब  ३६ अर्ब २ करोट रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब  ३६ अर्ब २ करोट रुपैयाँ सम्पति बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।