२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि

एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि
अ अ+ अ-

काठमाडौ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ । 

गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक  ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो । पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यसरी पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो साता ४.२७ अंकले बढेको नेप्से परिसुचक यो साता १६७.९७ अंक माथि पुगेको हो। पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रुपमा वृद्धि भएको छ ।

साताको पहिलो शेयर कारोबारको दिन आइतबार नेप्से ६०.४१ अंकले वृद्धि भएर २ हजार ५८५.९१ विन्दुमा पुगेको थियो ।  आइतबार नेप्से परिसूचकसँगै ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेका थिए । आइतबार ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबार पनि नेप्से परिसुचक उकालो लागेको थियो। जुन दिन ३२.०३ अंक बढेर २ हजार ६१६.९४ विन्दुमा पुगेको थियो ।  सोमबार कारोबारमा आएका २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार भएको थियो ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दुमा पुगेको थियो । त्यस्तै उक्त दिन पनि ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत ३.२५ अंक, फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबारको  तुलनामा मंगलबारको कारोबार रकम भने घटेको थियो ।

सातको चौथो दिन भने तीन दिन लगातार रुपमा उच्च अंक बढेको शेयर बजार मापक नेप्से परिसूचक बे्रक लागेको थियो ।  तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दु माथि पुगेको नेप्से परिसूचक उक्र दिन ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार बढेको थियो ।

साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ । बिहिबार नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ । बिहिबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब  ३६ अर्ब २ करोट रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब  ३६ अर्ब २ करोट रुपैयाँ सम्पति बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।