१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तथा जीवमण्डल आरक्ष निर्माणमा जोड



अ+ अ-

काठमाडौँ: जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सामञ्जस्य ल्याउने उद्देश्यले मानव तथा जीवमण्डल संस्था गठन भएको छ ।

मानव तथा जीवमण्डल विशेष समितिले यही जेठ १८ र १९ गते नेपालमा जीवमण्डल आरक्ष घोषणा गराउने उद्देश्यले ‘जीवमण्डल आरक्ष र पर्यटन प्रवर्द्धन’ विषयमा कीर्तिपुरमा दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । मानव तथा जीवमण्डल विशेष समिति संयुक्त राष्ट्रसङ्घको युनेस्कोअन्तर्गतको एक अन्तरसरकारी समिति हो ।

समितिका संयोजक प्रा डा उमेशकुमार मण्डलको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद बिजुला रायमाझीले संरक्षणविद्हरुले उठाएका कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्ने र त्यसका लागि आपूmले प्रतिनिधिसभा र सभा अन्तर्गतका समितिमा राख्ने बताउनुभयो ।

वरिष्ठ संरक्षणविद् तथा वनस्पतिशास्त्री प्रा डा रामप्रसाद चौधरी, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का कार्यकारी निर्देशक प्रा डा मीना राजभण्डारी, पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी, नेपाल सरकार यूनेस्को सचिवालयका सचिव डा दिव्या दवाडी, युनेस्को नेपालका प्रतिनिधि याको डूटोइतले सम्बोधन गर्नुभएको थियो ।

त्यस अवसरमा मानव तथा जीवमण्डल (म्याब) समितिका सदस्य डा हरिप्रसाद अर्याल र प्रा डा मोतीलाल शर्माले जीवमण्डल पार्कको औचित्यका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यशाला गोष्ठीमा चारवटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को राष्ट्रिय आयोगका सचिव डा दिव्या दवाडी, मानव तथा जीवमण्डल (म्याब) का संयोजक प्रा डा उमेशकुमार मण्डल, संयुक्त राष्ट्रसङ्घ, युनेस्को नेपालका प्रतिनिधि याको डूटोइत र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि डा अम्बिका खतिवडाले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

युनेस्कोअन्तर्गत मानव तथा जीवमण्डल विशेष समितिको इतिहास चार दशक पुरानो भए तापनि हालसम्म एउटै मात्र जीवमण्डल आरक्ष घोषणा हुन नसक्नु चिन्ताको विषय हो । जीवमण्डल आरक्षबाट प्राकृतिक स्रोतको संरक्षण, मानवजीवनमा सदुपयोग र विकास, अध्ययन अनुसन्धान, तालिम, नियमन आदिका लाभहरु लिन सकिन्छ ।

नेपालका छिमेकी मुलुकहरुले जीवमण्डल आरक्ष घोषणा गरेर लाभ लिइरहँदा नेपालले अहिलेसम्म घोषणा गर्न नसक्दा यसबाट हुने लाभबाट वञ्चित हुनुपरेको प्रा मण्डलको भनाइ छ ।