४ पुष २०८२, शुक्रबार
,
Latest
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज गुरु पुर्णिमा



अ+ अ-

ललितपुर । आषाढ शुक्ल पुर्णिमाका दिन आइतबार गुरु पुर्णिमा मनाइदैछ । व्यास जयन्ती र कबीर जयंती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । 'गु'को अर्थ अन्धकार र 'रु'को अर्थ प्रकाश हुन्छ ।

यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुनेलाई गुरु भनिएको पंडित माधव प्रसाद शर्मा बताउछन् । 'गिरति अज्ञानं इति गुरूअ' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू उनले भने । यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ ।

आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेद­वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्।शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ ।

कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । राजधानी दैनिक