५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका कमल



DCIM100MEDIADJI_0481.JPG
अ+ अ-

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो ।

अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उहाँले बताउनुभयो । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उहाँले जानकारी दिनुभयो । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताउनुभयो ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उहाँले बताउनुभयो । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उहाँले सुनाउनुभयो ।

“धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ, तर विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु । त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ”, उहाँले भन्नुभयो ।

माछापालनसँगै यहाँ व्यावसायिक कुखुरा र बङ्गुर गर्ने योजनाका साथ काम गरिरहेको उहाँले बताउनुभयो । व्यवसायबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको तामाङले बताउनुभयो । पहाडी क्षेत्रका पोखरीबाट उत्पादन भएको माछा बजारमा प्रतिकेजी रु छ सय ५०देखि रु सात सयमा बिक्री हुने उहाँले बताउनुभयो ।

भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको छ । किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहको छ । किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । उनीहरूका व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएका छौँ ।

भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानले व्यावसायिक माछापालन, तरकारीखेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीले बताउनुभयो । रासस