८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
अ+ अ-

पर्वत । जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा नि:शुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट जिल्लाका सातवटै पालिकाका कृषकलाई नि:शुल्क माछाका भुरा उपलब्ध गराइएको हो ।

पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले कुश्मा नगरपालिकामा ३८ हजार, जलजला गाउँपालिकामा ६० हजार, मोदी गाउँपालिकामा ३५ हजार, विहादी गाउँपालिकामा सात हजार, पैँयु गाउँपालिकामा ३१ हजार र फलेबास नगरपालिकामा ५० हजार माछाका भुरा वितरण गरिएको जानकारी दिनुभयो ।

व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने र माछामा आत्मनिर्भर बनाउने उद्देश्यले भुरा वितरण गरिएको बताउँदै उहाँले यस वर्ष २० रोपनी क्षेत्रफलमा माछापोखरी निर्माणका लागि सम्झौता भएको उल्लेख गर्नुभयो । परियारका अनुसार माछापोखरी निर्माणका कार्यालयले प्रतिरोपनी रु २५ हजारका दरले अनुदान वितरण गर्नेछ ।

माछापालनतर्फ कृषकको आकर्षण बढाउनका लागि कार्यालयले यस वर्ष रु २० लाख विनियोजन गरेको थियो । अहिले जिल्लाभर ३० भन्दाबढी माछापालन फार्म सञ्चालनमा रहेका जनाउँदै कृषकको माग र पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक परियारले बताउनुभयो ।

जिल्लालाई माछामा आत्मनिर्भर गराउनेगरी पोखरी निर्माण र भुरा वितरणमा सहयोग गरिएको केन्द्रले जनाएको छ । केन्द्रले यस वर्ष बृहत्तर पशुपक्षी प्रवर्द्धन सहयोग कार्यक्रमअन्तर्गत प्रतिकार्यक्रम रु आठ लाख ३३ हजारका दरले छ वटा कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीयस्तरमा पशुपक्षी प्रवर्द्धनमा सहयोग कार्यक्रमअन्तर्गत दुई वटा कार्यक्रमसञ्चालन गर्ने जनाएको हो ।

यसबाहेक पाडा, बाच्छा हुर्काउने कृषकलाई प्रोत्साहन रकम वितरण, कृत्रिम गर्भाधान सेवा, गाईभैँसीलाई सुत्केरी पोषण खर्चलगायत अनुदान कार्यक्रमका साथै गाईभैँसीमा पूर्ण खोप अभियान सञ्चालन गरिएको कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका बताउँदै उहाँले कार्यालयको लक्ष्यअनुसार उपलब्धि हासिल हुँदै गएको उल्लेख गर्नुभयो । रासस